Tuesday, June 16, 2026

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

बारा, ०२ असार । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य सामान्य बढेको छ ।

सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर दुई लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर चार हजार ९ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस अघि सोमबार चाँदी प्रतितोला पाँच हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर