कलैया,०६ असार । कृषि,शिक्षा,संस्कृति,युवा तथा खेलकुद,स्वास्थ्य,भौतिक पूर्वाधार, वन वातावरणको क्षेत्रलाई विषेश प्राथमिकतामा जोड दिदै बाराको करैयामाई गाउँपालिकाले शुक्रबार आर्थिक वर्ष २०८३/०८४ का लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादवले गाउँपालिकाको १९ औं गाउँ सभाबाट आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४५ करोड ६८ लाख ४० हजार रुपैयाँको निति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन् ।
सुशासनयुक्त सक्षम एवं सबल स्थानीय सरकार,पुर्वाधार निर्माण,कृषि,पर्यटन र सशक्तीकरण करैयामाईको आधार भन्ने मुल नाराका साथ उक्त गाउँसभाबाट निति कार्यक्रम तथा बजेट सार्वजनिक भएको हो ।
गाउँपालिका अध्यक्ष यादवको नेतृत्वमा प्रस्तुत निति तथा कार्यक्रमले गाउँपालिकाको आय संकलनमा नेपाल सरकारबाट विभिन्न अनुदान शिर्षक अन्तर्गत ४५ करोड भन्दा बढी प्राप्त हुने अनुमान गरिएको छ ।
संघीय सरकारबाट समानिकरण अनुदान ९ करोड ८६ लाख,सशर्त अनुदान चालु १६ करोड ३५ लाख,सशर्त अनुदान पूंजिगत ३८ लाख,विषेश अनुदानमा १ करोड ८० लाख,समपुरक अनुदान पूंजिगत १ करोड ८१ लाख रुपैयाँ प्राप्त गर्ने उल्लेख गरिएको छ । त्यस्तै राजस्व बाडफाडबाट ८ करोड ८२ लाख १४ हजार रुपैयाँ अनुदान प्राप्त हुने छ ।
प्रदेश सरकारबाट समानिकरण अनुदान ६८ लाख १५ हजार, सवारी साधन राजस्व बाँडफाड ५० लाख रुपैयाँ बराबरको अनुदान प्राप्त हुने छ । त्यसैगरी गाउँपालिकाको आन्तरिक श्रोतहरुबाट १ करोड ३८ लाख २६ हजार रुपैयाँ र मालपोत रोयल्टी १ करोड ३५ लाख ७ हजार रुपैयाँ बराबर अनुदान प्राप्त हुने छ । गत वर्षको मौज्दात ३ करोड ६ लाख २८ हजार रुपैयाँ रहेको छ ।
सो सभामा गाउँपालिका कि उपाध्यक्ष सुनैना कुमारी चौधरी,वडा अध्यक्ष,गाउँ कार्यपालिका सदस्यहरु,योजना प्रमुख बिरेन्द्र महतो,सुरक्षाकर्मी,सञ्चारकर्मी,



