Friday, September 25, 2026

बारामा माटो खनेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु

Advertisement
Advertisement

बारा,३२ असार । बाराको करैयामाई गाउँपालिका–३ गालोपाट्टीकी ११ वर्षीया रोशनी चौधरीको माटो खनेर बनाइएको खाल्डोमा डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार साँझ करिब ५ बजे गौतम इट्टा उद्योगले माटो निकाल्न खनेको खाल्डोमा बाख्रा चराउन गएकी शिवनारायण चौधरीको छोरी रोशनी डुबेको अवस्थामा फेला परेकी हुन्।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी गञ्जभवानिपुरबाट प्रहरी वरिष्ठ नायव निरीक्षक प्रविन मिश्रको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षीत राखेको थियो ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको कमाण्डमा खटिएको सोको टोलीले मुचुल्का लगायत आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको बाराका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर