Wednesday, September 9, 2026

मधेश प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

Advertisement
Advertisement Advertisement

बारा, ०२ साउन । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा आफ्नो कुल बजेटको ५६.३१ प्रतिशत मात्र खर्च गर्न सफल भएको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको वार्षिक खर्च प्रगति विवरणअनुसार प्रदेश सरकारले विनियोजित कुल ४६ अर्ब ९८ करोड ३३ लाख ५२ हजार रुपैयाँ बजेटमध्ये असार मसान्तसम्ममा जम्मा २६ अर्ब ४५ करोड ६७ लाख ५० हजार रुपैयाँ मात्र खर्च गरेको हो।

मन्त्रालयका तथ्याङ्क अधिकृत राजेन्द्र आचार्यका अनुसार चालुतर्फ विनियोजित १५ अर्ब ६३ करोड ८२ लाख २२ हजार रुपैयाँमध्ये ६०.६९ प्रतिशत अर्थात् ९ अर्ब ४९ करोड १६ लाख १ हजार रुपैयाँ खर्च भएको छ। त्यस्तै, विकास निर्माणसँग जोडिएको पुँजीगततर्फको खर्च भने झनै सुस्त देखिएको छ; जहाँ ३१ अर्ब ३४ करोड ५१ लाख ३० हजार रुपैयाँ बजेटमध्ये जम्मा ५४.१२ प्रतिशत अर्थात् १६ अर्ब ९६ करोड ५१ लाख ४९ हजार रुपैयाँ मात्र खर्च हुन सकेको छ।

बजेट खर्च गर्ने मामिलामा मधेस प्रदेशका विभिन्न मन्त्रालयहरूमध्ये स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सबैभन्दा अगाडि देखिएको छ। तथ्याङ्क अधिकृत आचार्यका अनुसार सो मन्त्रालयले कुल ७१.४५ प्रतिशत बजेट खर्च गर्दै मन्त्रालयगत तर्फ उत्कृष्ट प्रगति हासिल गरेको हो।

स्वास्थ्य मन्त्रालयले आफ्नो चालुगततर्फको बजेटमा ७९.१४ प्रतिशत र पुँजीगततर्फ ५८.०१ प्रतिशत बजेट खर्च गरेको विवरणमा उल्लेख छ। समग्रमा प्रदेशको पुँजीगत खर्च आधा जति मात्र हुनुले विकास निर्माणका कार्यहरूले अपेक्षित गति लिन नसकेको स्पष्ट पार्छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर