बारा,१५ साउन । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सामाजिक सञ्जालमार्फत धार्मिक तथा सामाजिक द्वेष फैलाउने किसिमका भ्रामक सामग्री पोस्ट, लाइक, कमेन्ट वा सेयर नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
प्रमुख जिल्ला अधिकारी दाहालले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुर्याउने, उत्तेजना बढाउने वा शान्ति सुरक्षामा असर पार्ने खालका भ्रामक समाचार, अफवाह, फोटो तथा भिडियो सम्प्रेषण नगर्न अनुरोध गरेका हुन्।
उनले हालको परिस्थितिलाई मध्यनजर गर्दै आवश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा कुनै पनि प्रकारका जुलुस वा भीडभाडमा सहभागी नहुनसमेत सर्वसाधारणलाई आग्रह गरेका छन्।
दाहालले भावनामा बगेर कानुन हातमा लिने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने वा तोडफोड गर्ने कार्य पूर्णतः दण्डनीय रहेको स्पष्ट पार्दै त्यस्ता गतिविधिमा संलग्न नहुन अपिल गरेका छन्।
उनले सामाजिक सद्भाव, शान्ति तथा सुरक्षा कायम राख्न संयमित र जिम्मेवार व्यवहार गर्न सबैमा आग्रह गरेका छन्।



