Sunday, October 4, 2026

करदाता प्रोत्साहन उपहारको नतिजा सार्वजनिक,२५० रुपैयाँको सामान किन्ने ब्यक्तिले जिते १० लाख

Advertisement
Advertisement

बारा, २२ साउन । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको उपहार योजनाका विजेताहरूको नामावली घोषणा गरेको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा शुक्रबार आयोजित सार्वजनिक गोलाप्रथामार्फत कुल १६ जना भाग्यशाली करदाताहरू छनोट भएका छन्। विभागका अनुसार सार्वजनिक गोलाप्रथामार्फत १५ जना करदाताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ जितेका छन् भने शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको खरिद (कुपन नम्बर ००७३१५२५४४९३) गर्ने एक जना ग्राहकले १० लाख रुपैयाँको बम्पर उपहार हात पार्न सफल भएका छन्।

१ लाख ३३ हजार ३३४ रुपैयाँ उपहार जित्ने कुपन नम्बरहरू क्रमशः ००७७५५५८०६७०, ०१५६११०५८०७५, ०१२२५८०८६५८८, ०१४९७३९०७३३, ००६८४१५५३५३७, ००२९२८८१७८११, ००९८९१७८३२४५, ००४७८०८४०८८४, ०१०८३७१८०३३२, ००५५८८५०६०८५, ००३००६७७८५८९, ००८७८२४८६३३५, ०१३०३५२३०२९७, ००१८०८९६५९८६ र ०११३८०९१४५८० रहेका छन्। विभागका अनुसार यी सबै पुरस्कार रकममा प्रचलित कानुनबमोजिम कर कट्टा हुनेछ।

कर कट्टा गरिसकेपछि १ लाख ३३ हजार ३३४ रुपैयाँ जित्ने विजेताहरूले खुद करिब १ लाख रुपैयाँ नगद प्राप्त गर्ने आन्तरिक राजस्व विभागले स्पष्ट पारेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर