Saturday, August 8, 2026

प्रेस युनियन बाराको ८ औँ जिल्ला अधिवेशन भदौ २० गते हुने

बारा,२३ साउन । नेपाल प्रेस युनियन बारा शाखाको ८ औँ जिल्ला अधिवेशन आगामी भदौ २० गते शनिबार हुने भएको छ । शनिबार प्रेस युनियन बारा शाखाको सभाहलमा जिल्ला कार्यसमिति तथा सदस्यहरूको उपस्थितिमा बसेको बैठकले अधिवेशनको मिति तय गरेको हो ।

बैठकले जिल्ला अध्यक्ष श्यामबाबु प्रसाद यादवको संयोजकत्वमा जिल्ला कार्य समितिलाई नै मूल आयोजक समिति बनाउने निर्णय गरेको छ । अधिवेशन सम्पन्न गर्न विभिन्न ६ वटा समितिसमेत गठन गरिएको सचिव राजेश कुशवाहाले जानकारी दिएका छन् ।

अधिवेशनका लागि निर्वाचन गराउन राकेश पाण्डेयको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । समितिका सदस्यमा अधिवक्ता परमहंस केशरी र सन्तोष पाण्डे रहेका छन् ।

त्यस्तै, सन्दिप प्रसाद यादवको संयोजकत्वमा तीन सदस्यीय प्रचारप्रसार तथा सञ्चार समिति गठन गरिएको छ । समितिका सदस्यमा नुर आलम बादसाह र बिनिता चौधरी रहेका छन् ।

आर्थिक व्यवस्थापनका लागि अनिल कुमार साहको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।
समितिमा धीरेन्द्र पनुहर, प्रभु प्रसाद यादव, संजीव कुमार मिश्र, श्रीकान्त गुप्ता, अरुण कुमार साह र पवन सिंह सदस्य रहेका छन् ।

यसैगरी, संगठनिक प्रतिवेदन तयार गर्न राजेश कुशवाहाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिका सदस्यमा अरुण साह र रविन्द्र प्रसाद साह रहेका छन् ।

‘विनोद प्याकुरेल स्मृति पत्रकारिता पुरस्कार’ तथा ‘स्वतन्त्र सेनानी पत्रकारिता पुरस्कार’ छनोटका लागि निवेश कुमार तिमिल्सिनाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिका सदस्यमा सन्तोष पाण्डे र अरुण कुमार साह रहेका छन् ।

त्यस्तै बैठकले बारा जिल्लामा नेपाल प्रेस युनियनको सदस्यता नवीकरणको विषयमा समेत टुंगो लगाएको सचिव राजेश कुशवाहाले जानकारी दिए।

प्रेस युनियन बारा शाखाका जिल्ला अध्यक्ष श्यामबाबु प्रसाद यादवको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य गणेश रिजाल, मधेस प्रदेश सचिव सन्तोष पाण्डे, भोजराज भट्टराई, राकेश पाण्डे, धीरेन्द्र पनुहर, जितेन्द्र चौधरी, जयनारायण यादव, निवेश तिमिल्सिना, संजीव मिश्रलगायत जिल्ला कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर