Sunday, October 4, 2026

डिलरमार्फत ग्यास बिक्री-वितरण गरी उपभोक्तालाई राहत दिन ग्यास बिक्रेता महासङ्घको माग

Advertisement
Advertisement

बारा, ३१ साउन। ग्यास बिक्रेता महासङ्घ नेपालले ग्यास उद्योग र विभिन्न छुट्टाछुट्टै स्थानमा बिक्री केन्द्र तोकेर ग्यास बिक्री वितरण गर्दा आम उपभोक्ताले अनावश्यक सास्ती खेप्नुपरेको भन्दै नजिकैका बिक्रेता (डिलर) मार्फत ग्यास उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालद्वारा आइतबार जारी विज्ञप्तिमा बिक्रेतालाई पन्छाएर उद्योग र अस्थायी बिक्री केन्द्रमार्फत वितरण गर्ने निर्णयले ग्यासको अभावलाई झन् जटिल बनाएको उल्लेख छ।

उपभोक्तालाई सहज रूपमा खाना पकाउने एलपी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन तथा हाल देखिएको वितरण प्रणालीको समस्या समाधानमा केन्द्रित हुन महासङ्घले सम्बन्धित सबै सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर