Monday, September 21, 2026

बारामा लागूऔषध ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

Advertisement
Advertisement

बारा,०५ असोज । बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरबाट प्रहरीले ७.३५ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला नकरदेही पंचायत–२ बिर्ताटोल बस्ने अन्दाजी ४० वर्षीय दुखी साह रहेका छन्।

इलाका प्रहरी कार्यालय प्रसौनी र प्रहरी चौकी मुसहर्वाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले आइतबार बिहान करिब ९ः३० बजे भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका साहलाई रोकी चेकजाँच गरेको थियो। सो क्रममा उनको साइकलको सिटमुनि लुकाएर ल्याइएको प्लास्टिकसहित ७.३५ ग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

साहलाई पक्राउ गरी लागूऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरि बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय प्रसौनीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर