Tuesday, September 22, 2026

दुर्घटना भनिएको राजु सहनीको मृत्यु प्रकरणमा परिवारको हत्या आशंका

Advertisement
Advertisement

बारा, ६ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–८ स्थित आरएमसी कम्पनी नजिकै असोज २ गते भएको भनिएको सवारी दुर्घटनामा घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएपछि घटनाले नयाँ मोड लिएको छ।

मृतकका परिवारले भने राजु सहनीको दुर्घटनामा नभई ढुङ्गाले हानेर हत्या गरिएको र घटनालाई दुर्घटनाको रूप दिन खोजिएको आरोप लगाएका छन्।जीतपुरसिमरा–८ का २४ वर्षीय राजु सहनी असोज २ गते राति गणेश चतुर्थी महोत्सवमा सहभागी भएर जीतपुरबाट घर फर्किने क्रममा घाइते भएका थिए। रमौलीबाट जीतपुरतर्फ आउँदै गरेको मोटरसाइकलमा पछाडि सवार सहनीले बाटोमा अचानक सर्प देखेपछि आत्तिएर मोटरसाइकलबाट हाम फालेको प्रहरीको प्रारम्भिक भनाइ छ ।

गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि काठमाडौंस्थित न्यूरो अस्पताल पठाइएको थियो। न्यूरो अस्पतालमा उपचार भइरहेका सहनीलाई असोज ४ गते आइतबार दिउँसो १२ः५४ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। तर, सहनीको मृत्यु दुर्घटनाका कारण नभई योजनाबद्ध रूपमा भएको हुन सक्ने परिवारको आशंका छ।

परिवारका अनुसार घटनाअघि नै फारमको विषयलाई लिएर दुई परिवारबीच विवाद रहँदै आएको थियो। सोही विवादका कारण सहनीमाथि ढुङ्गा प्रहार गरी हत्या गरिएको हुन सक्ने र त्यसपछि घटनालाई सवारी दुर्घटनाको रूप दिन खोजिएको परिवारको आरोप छ। परिवारले घटनाको गहिरो अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्न प्रहरीसँग माग गरेको छ।

आरोप लागेका ब्यक्ति सहित उनका घर परिवार घरमा ताल्चा हानी फरार रहेको स्थानीयले बताएका छन् । घटनास्थलको अवस्था, घाइतेको चोटपटक तथा मृत्युको कारण पोस्टमार्टम लगायतको अनुसन्धान गरेपछि मात्रै घटना दुर्घटना हो वा अन्य कारणबाट भएको हो भन्ने यकिन हुने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर