Friday, September 25, 2026

बारामा लागूऔषध गाँजासहित युवक पक्राउ

Advertisement
Advertisement

जीतपुर,०९ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–८ गोबरगावाबाट प्रहरीले १ किलो ७३० ग्राम गाँजाजस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्थानीय ३६ वर्षीय जयनारायण चौधरी रहेका छन्। उनलाई बुधबार दिउँसो करिब ४ः४० बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले आफ्नै घरको आँगनबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चौधरीको घरआँगनमा खानतलासी गर्दा १५ पुरीयामा राखिएको ३२० ग्राम तथा कालो प्लास्टिकमा प्याक गरिएको १ किलो ४१० ग्राम गाँजाजस्तो देखिने पदार्थ फेला परेको थियो। प्लास्टिकसहित बरामद पदार्थको कुल तौल १ किलो ७३० ग्राम रहेको प्रहरीले जनाएको छ।

प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको चार सदस्यीय टोलीले चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जीतपुरमा ल्याएको हो। घटनास्थल प्रहरी कार्यालय जीतपुरबाट करिब चार किलोमिटर दक्षिणपूर्वमा रहेको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार चौधरी यसअघि पनि गाँजा कारोबारसम्बन्धी घटनामा पक्राउ परिसकेका व्यक्ति हुन्। विगतमा गाँजा मुद्दामा पक्राउ परी सजाय भुक्तान गरेर छुटेका चौधरी पुनः सोही प्रकृतिको आरोपमा पक्राउ परेको स्रोतले जनाएको छ। चौधरीविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर