Tuesday, September 29, 2026

धनुषामा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

Advertisement
Advertisement

बारा, १३ असोज । धनुषाको रमदैयामा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ।

जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत रमदैयास्थित राजदेव मन्दिर अगाडि प्रदेश ०३–००१ ख ८५४५ नम्बरको टिपरले ठक्कर दिँदा महोत्तरीको लोहारपट्टी नगरपालिका–३ निवासी रामनाथ रामकी चार वर्षीया छोरी नैनसीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी नैनसीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

उनका अनुसार घटनापछि प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर