Wednesday, September 30, 2026

प्रतिनिधिसभामा चार विधेयकसम्बन्धी प्रस्ताव प्रस्तुत हुँदै

Advertisement
Advertisement

बारा, १४ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने तथा एक विधेयक पारित गर्ने प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।

यसैगरी, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले भने ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३’ पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नुहुनेछ।

यसैबीच, आज सङ्घीय संसद्अन्तर्गत चार वटा संसदीय समितिको बैठक पनि बस्दैछ। संसद् सचिवालयका अनुसार अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर