Tuesday, October 6, 2026

मधेशको शिक्षा नीतिमा व्यापक सुधारको खाँचो

Advertisement
Advertisement

बारा, २० असोज । मधेश प्रदेशको खस्कँदो शैक्षिक स्तर सुधार गर्न र शिक्षा नीतिमा समयसापेक्ष परिवर्तन ल्याउन बाराको सिमरामा आयोजित दुईदिने उच्चस्तरीय संवाद कार्यक्रमका सहभागीहरूले जोड दिएका छन्।

शिक्षा तथा खेलकुद मन्त्रालय र युनेस्को नेपालको सहकार्यमा सम्पन्न सो कार्यक्रममा आधारभूत तहदेखि विश्वविद्यालयसम्मै व्यवहारिक, सीपमूलक, अनुसन्धान र नवप्रवर्तनमा आधारित शिक्षा प्रणाली लागू गर्नुपर्नेमा वक्ताहरूले सहमति जनाएका छन्।

शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलले मधेसको शैक्षिक वातावरण फर्काउन शिक्षा ऐनमा व्यापक संशोधनको तयारी भइरहेको बताउनुभयो भने शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले शिक्षा सुधारका लागि तीनै तहका सरकारबीच बलियो समन्वय हुनुपर्ने धारणा राखे ।

साथै, संवादमा डिजिटल साक्षरता, कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग, सीपमूलक शिक्षा र राष्ट्रिय योग्यता प्रारुपमार्फत अनौपचारिक रूपमा हासिल गरिएका ज्ञान र सीपलाई पनि मान्यता दिने प्रणालीको विकासबारे छलफल भएको थियो।

कार्यक्रममा सहभागी विभिन्न विश्वविद्यालयका उपकुलपतिहरू, सांसदहरू तथा शिक्षाविद्हरूले मधेसको आधारभूत शिक्षा नसुधारी उच्च शिक्षाको गुणस्तर अभिवृद्धि हुन नसक्ने निष्कर्ष निकाल्दै प्रविधिमैत्री र श्रम बजारको आवश्यकता अनुकूलको शिक्षा नीति निर्माणमा एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर