Friday, October 9, 2026

कलैयामा राजेश केशरीको घरमा छापा, ८ लाखभन्दा बढीका कर छलीका सामान बरामद

Advertisement
Advertisement

बारा,२२ असोज । बाराको कलैया उपमहानगरपालिका- ४ स्थित राजेश केशरीको घरमा संयुक्त टोलीले बुधबार छापामारी गरी ८ लाख रुपैयाँभन्दा बढी मूल्यका कर छलीका सामान बरामद गरेको छ।

केशरीको घरमा कर छलीका सामान भण्डारण गरी राखिएको भन्ने वाहिनीको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वाटर बारा, आन्तरिक राजस्व कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलीले छापामारी तथा खानतलासी गरेको हो।

खानतलासीका क्रममा मोबाइलका सामान, इलेक्ट्रोनिक सामान, किराना सामान तथा सुर्तीजन्य सामान बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वाटर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारीले जानकारी दिए।

उनका अनुसार बरामद सामानको अन्दाजी मूल्य ८ लाख ६२ हजार ८ सय ६५ रुपैयाँ रहेको छ। बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउने प्रक्रियामा रहेको अधिकारीले बताए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर