Friday, October 9, 2026

कलैया -१४ मा वडास्तरीय हाजिरीजवाफ प्रतियोगितामा भौँरा प्रथम

Advertisement
Advertisement

बारा,२२ असोज । बाराको कलैया उपमहानगरपालिका–१४ मा आयोजित वडास्तरीय हाजिरीजवाफ प्रतियोगितामा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भौँरा प्रथम भएको छ। तीन सामुदायिक विद्यालयका विद्यार्थीबीच भएको प्रतिस्पर्धामा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय बघवन दोस्रो र श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय लक्ष्मीनिया तेस्रो भएका छन्।

पत्रकार रमेश ठाकुरको पहलमा भौँरास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगितामा हाजिरीजवाफसँगै नेपाली तथा अंग्रेजी वाचन प्रतियोगितासमेत सञ्चालन गरिएको थियो।

कक्षा ५ का विद्यार्थीबीच भएको नेपाली वाचन प्रतियोगितामा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भौँरा प्रथम भएको छ भने अंग्रेजी वाचनतर्फ श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय बघवन प्रथम भएको आयोजकले जनाएको छ।

सामुदायिक विद्यालयका विद्यार्थीको शैक्षिक क्षमता अभिवृद्धि, प्रतिभा पहिचान तथा पढाइप्रति रुचि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक ठाकुरले बताए। विद्यार्थीमा आत्मविश्वास विकास गर्नुका साथै विद्यालयप्रति आकर्षण बढाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ।

ठाकुरका अनुसार सम्बन्धित विद्यालयका प्रधानाध्यापकसँगको परामर्श र सहकार्यमा सुरु गरिएको यस्तो प्रतियोगिता अब हरेक महिना सञ्चालन गरिनेछ। यसले विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न र सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए।

कार्यक्रममा आयोजक पत्रकार रमेश ठाकुर प्रमुख अतिथि तथा कलैया–१४ का कार्यवाहक वडा अध्यक्ष परयाग ठाकुर विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

तीनवटै विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा विद्यार्थीको उपस्थिति रहेको कार्यक्रममा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भौँराका प्रधानाध्यापक ब्रजकिशोर मिश्रले यस्ता प्रतियोगिताले विद्यार्थीको प्रतिभा प्रस्फुटन र क्षमता विकासमा सहयोग पुग्ने बताए।

उनले कार्यक्रम आयोजना गरेकोमा ठाकुरलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता शैक्षिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर