पर्सा,२४ असोज । सशस्त्र प्रहरीले पर्साको वीरगञ्जबाट भन्सार छली गरी ल्याउँदै गरेको १० लाख रुपैयाँभन्दा बढी मूल्यको टमाटर बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साबाट खटिएको गाडी मोबाइल टोलीले शुक्रबार वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डक चोकबाट बिलबिजकबिनाको २ हजार ११२ केजी टमाटर बरामद गरेको हो।
टमाटर ढुवानीमा प्रयोग गरिएका दुईवटा ई–लोडरसहित बरामद सामानको कुल मूल्य १० लाख ८४ हजार ४८० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद टमाटर र ई–लोडरसहितका सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।






