Saturday, October 10, 2026

बारा-३ मा कांग्रेसको क्षेत्रीय सभापति बनिन् कलावती पासवान

Advertisement
Advertisement

बारा,२४ असोज । नेपाली कांग्रेसको १५ औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट ईतर समुहको बारा क्षेत्र नम्बर -३ को क्षेत्रीय सभापतिमा कलावती पासवान सर्वसम्मत चयन भएकी छन्।

बाराको कलैया उपमहानगरपालिका–१ स्थित रामजानकी मन्दिरको प्राङ्गणमा शनिबार आयोजित एक कार्यक्रमबीच पासवानलाई सर्वसम्मत रूपमा क्षेत्रीय सभापतिमा चयन गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व केन्द्रीय सदस्य तथा पूर्व सांसद राधेचन्द्र यादव,नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादव, बाराका पूर्व सभापति जयचन्द चौरसिया लगायतका नेताहरूले नवनिर्वाचित सभापति तथा पार्टीका विभिन्न तहका नेतृत्वलाई शुभकामना व्यक्त गरेका थिए।

प्रमुख अतिथि पूर्व केन्द्रीय सदस्य तथा पूर्व सांसद राधेचन्द्र यादवले पार्टीलाई बलियो बनाउन नेता तथा कार्यकर्ताबीच एकता आवश्यक रहेको बताए। उनले आगामी निर्वाचनमा लोभ र प्रलोभनमा नपरी उम्मेदवारको विचार, क्षमता र कामको मूल्यांकन गरेर मतदान गर्न आग्रह गरे। पार्टीभित्र एकता देखिए पनि व्यवहारमा सबैले पार्टीका उम्मेदवारलाई मत नदिने प्रवृत्तिप्रति उनले चिन्ता व्यक्त गरे।

उनले आगामी दिनमा मेयर, वडा अध्यक्ष तथा अन्य जनप्रतिनिधिका उम्मेदवार छनोट गर्दा उनीहरूको विचार, क्षमता र जनताप्रतिको जिम्मेवारीलाई ध्यान दिनुपर्नेमा जोड दिए।

सोही कार्यक्रमबीच प्रदेशसभा क्षेत्र नम्बर ३(क) का सभापति सुरेश प्रसाद साह, क्षेत्र नम्बर ३(ख) का सभापति हरि प्रवेश यादवलाई पनि सर्वसम्मत चयन गरिएको हो । यसैबीच कलैया उपमहानगरपालिका को नगर सभापतिमा दिपेन्द्र कुशवाहा पनि सर्वसम्मत चयन भएका छन् । पार्टी कार्यालयमा सम्पन्न नगर अधिवेशनबाट उनलाई नगर सभापतिमा चयन गरिएको हो ।

उक्त कार्यक्रममा कलैया उपमहानगरपालिकाका पूर्व उपप्रमुख रहिमा खातुन, नेपाली कांग्रेसका नेता सुनिल गुप्ता, नेपाल तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेल,जिल्ला बिकास समिती बाराका पुर्व सभापति राजेन्द्र प्रसाद यादव,विभिन्न वडा तथा पालिका सभापति, नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन जयनारायण यादवले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर