Monday, October 12, 2026

बारामा ५५ किलो गाँजासहित एक जना पक्राउ

Advertisement
Advertisement

बारा,२५ असोज । बाराको पचरौता नगरपालिकाबाट प्रहरीले ५५ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ पर्नेमा पचरौता नगरपालिका–३ रामनगर टोल निवासी अन्दाजी ४५ वर्षीय राजकिशोर प्रसाद यादव रहेका छन्।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी गस्ती टोलीले शनिबार राति गस्तीका क्रममा पचरौता नगरपालिका–६ मा यादवलाई चेकजाँच गर्दा उनको साथबाट ५५ किलो गाँजा बरामद गरेको हो।

गाँजासहित नियन्त्रणमा लिइएका यादवमाथि इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर