बारा,२७ असोज । ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा बारामा रक्तदान कार्यक्रम सुरु भएको छ।जिल्ला प्रहरी कार्यालय बाराको प्राङ्गणमा प्रादेशिक अस्पताल कलैयाको रक्तसञ्चार शाखासँगको सहकार्यमा मंगलबार रक्तदान कार्यक्रम सुरु भएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले प्रादेशिक अस्पताल कलैयाको ब्लड बैंकका इन्चार्ज राजाबाबु गुप्तालाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घले, प्रहरी निरीक्षक प्रकाश खड्का, विमल खतिवडालगायत प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।






