Thursday, October 15, 2026

बाराका ५ विद्यालयका लागि शिक्षा मन्त्रालयद्वारा ३० करोड रुपैयाँ बिनियोजन, (सुचि सहित)

Advertisement
Advertisement

बारा, २९ असोज। सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरण गर्ने सरकारी योजनाअन्तर्गत बाराका पाँच विद्यालय छनोटमा परेका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका सामुदायिक विद्यालयलाई लक्षित गरी अघि बढाएको योजनाको पहिलो चरणमा बाराका ५ विद्यालयसहित मधेश प्रदेशका ३३ विद्यालय समेटिएका हुन्।

मन्त्रालयका अनुसार देशभरका १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि कुल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। त्यसमध्ये पहिलो चरणमा छनोट भएका ८९ विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ।

योजनाअन्तर्गत प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा १२ कोठे तीनतले आधुनिक भवन निर्माण गरिनेछ। भवनमा व्यवस्थित कक्षाकोठा, आधुनिक प्रयोगशाला तथा पुस्तकालयको सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पहिलो चरणमा छनोट भएका विद्यालयमा आधुनिक भवन निर्माणको काम तीव्र गतिमा अघि बढाइएको बताएका छन्। पूर्वाधार विकासले विद्यार्थीको सिकाइ वातावरण सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ छ।

बाराका कुन–कुन विद्यालय छनोटमा परे?

पहिलो चरणको सूचीअनुसार बाराका ५ विद्यालय पूर्वाधार विकास योजनामा समेटिएका छन्।

१. नेपाल राष्ट्रिय मोडल माध्यमिक विद्यालय— जितपुरसिमरा उपमहानगरपालिका, बारा।

२. दुर्गा माध्यमिक विद्यालय — कलैया उपमहानगरपालिका, बारा।

३. गौरीशंकर माध्यमिक विद्यालय — निजगढ नगरपालिका, बारा।

४. गढीमाई महेन्द्र प्राविधिक माध्यमिक विद्यालय, महागढीमाई नगरपालिका, बारा।

५. श्री ३ चन्द्र माध्यमिक विद्यालय, कलैया उपमहानगरपालिका, बारा।

मधेश प्रदेशलाई प्राथमिकता

पहिलो चरणमा छनोट भएका ८९ विद्यालयमध्ये मधेश प्रदेशका ३३ विद्यालय परेका छन्। यो संख्या पहिलो चरणमा छनोट भएका विद्यालयको करिब ३७ प्रतिशत हो।

मधेश प्रदेशमा शैक्षिक सूचकांक सुधार, साक्षरता दर वृद्धि तथा सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्न थप ध्यान दिनुपर्ने भएकाले प्रदेशलाई प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ।

मधेशपछि लुम्बिनी प्रदेशका २१ र कोशी प्रदेशका १८ विद्यालय छनोटमा परेका छन्। त्यसैगरी गण्डकी र सुदूरपश्चिम प्रदेशका ६–६, कर्णाली प्रदेशका तीन तथा बागमती प्रदेशका दुई विद्यालय पहिलो चरणमा समेटिएका छन्।

विद्यालयको शैक्षिक वातावरण सुधार्ने लक्ष्य

विद्यालयमा विद्यार्थीको चाप बढ्दै जाँदा पर्याप्त कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयको अभावले पठनपाठन प्रभावित हुने गरेको छ। यस्तो समस्या समाधान गर्दै सामुदायिक विद्यालयलाई व्यवस्थित र सुविधासम्पन्न बनाउने उद्देश्यले सरकारले पूर्वाधार विकास कार्यक्रम अघि बढाएको हो।

आधुनिक भवन निर्माणसँगै प्रयोगशाला र पुस्तकालयको सुविधा विस्तार गर्न सके विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यद्यपि, निर्माण कार्यको समयसीमा, गुणस्तर अनुगमन र बजेटको प्रभावकारी उपयोगले योजनाको वास्तविक उपलब्धि निर्धारण गर्नेछ।

मधेश प्रदेश (३३ वटा विद्यालय)

शंकट मोचन देवशरण माध्यमिक विद्यालय – जनकपुरधाम उप महानगरपालिका, धनुषा

जनता मोडेल माध्यमिक विद्यालय – विदेह नगरपालिका, धनुषा

विद्यानाथ देवनारायण जनता मोडेल विद्यालय – मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषा

गोगल प्रसाद नमुना माध्यमिक विद्यालय – जनकपुरधाम उप महानगरपालिका, धनुषा

याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय – जनकपुरधाम उप महानगरपालिका, धनुषा

नरसिंह माध्यमिक विद्यालय – वीरगञ्ज महानगरपालिका, पर्सा

त्रिजुद्ध महावीर रघुवीर दास माध्यमिक विद्यालय – वीरगञ्ज महानगरपालिका, पर्सा

जिल्ला उचाङ्गाल रामदेव – कलवार माध्यमिक विद्यालय – पोखरिया नगरपालिका, पर्सा

माइस्थान विद्यापिठ माध्यमिक विद्यालय – वीरगञ्ज महानगरपालिका, पर्सा

नेपाल राष्ट्रिय मोडल माध्यमिक विद्यालय – जितपुर सिमरा उप महानगरपालिका, बारा

दुर्गा माध्यमिक विद्यालय – कलैया उप महानगरपालिका, बारा

गौरीशंकर माध्यमिक विद्यालय – निजगढ नगरपालिका, बारा

गढीमाई महेन्द्र प्राविधिक माध्यमिक विद्यालय – महागढीमाई नगरपालिका, बारा

श्री ३ चन्द्र माध्यमिक विद्यालय – कलैया उप महानगरपालिका, बारा

भेरुखी माध्यमिक विद्यालय – लोहरपट्टी नगरपालिका, महोत्तरी

राष्ट्रिय माध्यमिक विद्यालय – साम्सी गाउँपालिका, महोत्तरी

महेन्द्र रा माध्यमिक विद्यालय – रामगोपालपुर नगरपालिका, महोत्तरी

सरस्वती माध्यमिक विद्यालय – गढीमाई नगरपालिका, रौतहट

कटहरिया माध्यमिक विद्यालय – कटहरिया नगरपालिका, रौतहट

जनता माध्यमिक विद्यालय सोनरनिया – मौलापुर नगरपालिका, रौतहट

जुद्द माध्यमिक विद्यालय – गौर नगरपालिका, रौतहट

नेमधारी बासुदेव नमुना माध्यमिक विद्यालय – राजदेवी नगरपालिका, रौतहट

रामचन्द्र माध्यमिक विद्यालय – गरुडा नगरपालिका, रौतहट

नमुना माध्यमिक विद्यालय वरगजवा – वृन्दावन नगरपालिका, रौतहट

जनज्योति माध्यमिक विद्यालय – चन्द्रपुर नगरपालिका, रौतहट

जय किसन माध्यमिक विद्यालय – देबाही गोनाही गाउँपालिका, रौतहट

माध्यमिक विद्यालय पथरा बुधराम – मौलापुर नगरपालिका, रौतहट

सरस्वती माध्यमिक विद्यालय – दुर्गा भगवती गाउँपालिका, रौतहट

नारायण माध्यमिक विद्यालय – ईश्वरपुर नगरपालिका, सर्लाही

जनज्योती माध्यमिक विद्यालय – लालबन्दी नगरपालिका, सर्लाही

बेनीभोला मोडेल माध्यमिक विद्यालय – गोडैता नगरपालिका, सर्लाही

मोहन माध्यमिक विद्यालय – मिर्चैया नगरपालिका, सिरहा

चन्द्र माध्यमिक विद्यालय – सिरहा नगरपालिका, सिरहा

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर