कलैया, ५ असोज । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनको सरुवा गरेको हो ।
त्यस्तै बैठकले उनको स्थानमा पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको हो ।

















