21.1 C
Kalaiya

Monday, October 13, 2025
spot_img
21.1 C
Kalaiya
Monday, October 13, 2025

पूर्वाधार विकास कार्यालय बारामा अस्थायी तथा करार सेवा सम्झौता रद्द

spot_img
spot_img

कलैया,१३ असोज । पूर्वाधार विकास कार्यालय बाराले अस्थाई तथा करारमा रहेको कर्मचारीको सम्झौता रद्द गरेको छ। कार्यालयका निमित्त कार्यालय प्रमुख सञ्जयकुमार यादवले एक सूचना जारी गरी यस्तो जनाएका हुन्।

Advertisement

नेपाल सरकार अर्थ मन्त्रालय सिंहदरबार, काठमाण्डौको ५ गतेको निर्णय अनुसार नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकमा अस्थाई तथा करारमा कर्मचारी राख्न नपाउने निर्णय कार्यान्वयन गर्न गराउनका लागि नेपाल सरकारका सबै मन्त्रालय तथा निकाय, प्रदेश सरकार तथा सबै स्थानीय तहलाई पत्राचार गरिएको यादवले जनाएका हुन्।

Advertisement

कार्यालयबाट यस चालु आर्थिक वर्ष २०८२/ ०८३ मा स्वीकृत दरबन्दी बाहेक अस्थाई तथा करारमा कर्मचारी भर्ना नगर्ने र मिति २०८२।०६।१० गते देखि यस चालु आर्थिक वर्षमा स्वीकृत दरबन्दी बाहेक अस्थाई तथा करार सम्झौता रद्द गरिएको सो सूचनामा जानकारी दिइएको हो।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर