21.1 C
Kalaiya

Monday, October 13, 2025
spot_img
21.1 C
Kalaiya
Monday, October 13, 2025

दुधौरा खोलामा बेपत्ता भएका गोसाईको दुई दिनदेखी खोजी कार्य जारी रहेपनी अझै फेला परेनन्

spot_img
spot_img

कलैया,२१ असोज । बाराको प्रसौनीस्थित दुधौरा खोलामा टिकटक बनाउने क्रममा बेपत्ता भएका युवकको दुई दिनदेखि खोजी कार्य जारी रहे पनि अहिलेसम्म फेला भेटिएका छैनन् ।

Advertisement

प्रसौनी गाउँपालिका–२ निवासी २१ वर्षीय बिक्की गोसाई आइतबार बिहान दुधौरा खोलाको पुलबाट टिकटक बनाउने क्रममा हाम फालेपछि बेपत्ता भएका थिए । सो क्रममा उनीसँगै स्थानीय २० वर्षीय अनुराग केशरवाल पनि खोलामा हाम फालेका थिए, तर अनुराग पौडेर किनारमा आउन सफल भएका थिए।

Advertisement

आइतबार बिहानैदेखि दुधौरापुलदेखि फेटा गाउँपालिका–१ त्रिबेणीको झुलिङ्गे पुलसम्म र त्यहाँबाट दक्षिणतर्फ त्रिबेणीको नहर पुल, बिश्रामपुर गाउँपालिका–५ नकटुवा हुँदै फेटा गाउँपालिका–२ चिलझपटीसम्म खोजी कार्य सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले जानकारी दिए ।

Advertisement

सो कार्यमा नेपाली सेनाका लप्टन निरज राईको कमाण्डमा २३ जना, सशस्त्र प्रहरी निरीक्षक इन्द्रजंग थापाको नेतृत्वमा १० जना, र प्रहरी सहायक निरीक्षक राजनारायण महतोको कमाण्डमा १० जना गरी जम्मा ४३ जनाको टोली मोटरबोटसहित परिचालन गरिएको थियो। तर अहिलेसम्म बिक्की गोसाई फेला नपरेको उनले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर