कलैया, २२ असोज। नेपाली बजारमा आज (बुधबार) सुनको मुल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेको छ । आज सुनको मुल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि हिजो सुनको मुल्य तोलाको २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। यस्तै चाँदीको मूल्य घटेको छ ।
चाँदी आज प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ९ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यस अघि हिजो प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।