Sunday, September 27, 2026

प्रादेशिक अस्पताल कलैया व्यवस्थापन समितिको अध्यक्षमा जवाहिर अन्सारी मनोनित

Advertisement
Advertisement

कलैया, २३ असोज । मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनकपुरधामले  प्रादेशिक अस्पताल कलैयाको अस्पताल सञ्चालन समिति तथा व्यवस्थापन समितिको अध्यक्षमा जवाहिर अन्सारीलाई मनोनित गरेको छ।

कलैया उपमहानगरपालिका –०८ निवासी अन्सारीलाई अस्पताल संचालन तथा व्यवस्थापन समिति गठन कार्यविधि, २०७९ को दफा ३ को उपदफा (१) (क) बमोजिम अस्पताल संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष पदमा मनोनयन गरिएको हो।

मन्त्रालयको असोज २१ गते (मा. मन्त्रिस्तर) को निर्णय अनुसार प्रादेशिक अस्पताल, कलैया बाराको अस्पताल संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष पदमा मनोनयन गरिएको छ। पद अनुसारको कर्तव्य पालना तथा आचरण प्रकट हुने अपेक्षा महाशाखा प्रमुख डा. विपिन कुमार झाद्वारा जारी मनोनयन पत्रमा उल्लेख छ ।

यस अघि प्रादेशिक अस्पताल व्यवस्थापन विकास समितिका अध्यक्ष प्रकाश चौगाई थिए। उनको कार्यकाल समाप्त भएपछि अध्यक्षमा अन्सारी मनोनित भएका हुन् । अन्सारी नेकपा एमाले पार्टी बाराका उप–सचिव समेत हुन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर