Sunday, September 27, 2026

बारामा सशस्त्र प्रहरीद्वारा १० किलो लागुऔषध गाँजा बरामद

Advertisement
Advertisement

कलैया,२३ असोज । सशस्त्र प्रहरी बलले बाराका विभिन्न स्थानबाट गाँजासहित ४ लाख ३७ हजार रुपैयाँ मूल्य बराबरका अवैध सामानहरू बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन बेस निजगढबाट खटिएको टोलीले बिहीबार निजगढ नगरपालिका–८ तामागढी चोक नजिकैबाट लागुऔषध गाँजा करिब १० के.जी. बरामद गरेको जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार नम्बर नखुलेको मोटरसाइकलमा सवार दुई व्यक्तिले शंका लागेपछि केही वस्तु फ्याँकेर मोटरसाइकलसहित फरार भएका थिए। उक्त वस्तुको जाँच गर्दा गाँजा फेला परेको हो।

त्यस्तै कलैया उपमहानगरपालिका वडा नम्बर १० नहरचोकस्थित प्र.सी.सु. गुल्म मटिअर्वाबाट खटिएको टोलीले बुधबार भारतबाट भन्सार छली ल्याउँदै गरिएको अन्दाजी १ लाख ४ हजार रुपैयाँ मूल्य बराबरको टेम्पुररी ग्लास र छत्तीस हजार रुपैयाँ बराबरको लेडिज कपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैगरी जितपुरसिमरा उपमहानगरपालिका – ७ लल्कापुल नजिक वीरगञ्ज–पथलैया सडकखण्डमा सुरक्षा बेस जितपुरबाट खटिएको टोलीले बिहीबार जाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा भन्सार छली ल्याउँदै गरिएको यात्रुवाहक बसको डिक्कीभित्र लुकाइएको सामान बरामद गरेको हो।

उक्त बसबाट लेडिज कुर्ता-सुरुवाल, सारी र पुरुष कुर्ता–पैजामा गरी करीब २ लाख ९७ हजार ९ सय रुपैयाँ बराबरका कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर १२ गणका गणपति एवम् सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिएका छन् ।

उनका अनुसार बरामद गरिएका लागुऔषध गाजासहित सबै सामान सम्बन्धित निकायमा बुझाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर