Sunday, September 27, 2026

बारामा लाखौँ मूल्यका नागिन पटाका नष्ट

Advertisement
Advertisement

कलैया,२५ असोज । सशस्त्र प्रहरी बलले बाराको आदर्शकोतवाल गाउँपालिका–३ भटिनियाँमा लाखौँ मूल्यका नागिन पटाका बरामद गरी पोखरीमा नष्ट गरेको छ।

सशस्त्र प्रहरी नायब निरीक्षक संजय यादवको नेतृत्वमा खटिएको पाँच जनाको गस्ती टोलीले शुक्रबार भारतबाट अवैध रूपमा नेपाल भित्र्याइरहेको तीन वटा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा ल्याइएको नागिन पटाका बरामद गरेको छ।

सशस्त्र प्रहरीका अनुसार  बि.आर ०५ ए ६९८७,बि.आर २२ ए.जेड ७२० र बि.आर ०५ ए.के १३०४ नम्बरको तीन वटा भारतीय मोटरसाइकल बरामद गरिएको  छ ।

बरामद गरिएको पटाकाको मूल्य करिब २ लाख ५ हजार रुपैयाँ र तीनवटा मोटरसाइकलको मूल्य करिब ३ लाख रुपैयाँ गरी कुल ५ लाख ५ हजार रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरी बल नम्बर १२ गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिएका छन् ।

बरामद गरिएका सबै नागिन पटाका १२ गणको हेड क्वाटरको परिसरभित्र रहेको पोखरीमा नष्ट गरिएको एसपी केसिले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर