कलैया, ३१ असोज। आज (शुक्रवार) सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन प्रतितोला ७ हजार १ सय रुपैयाँले बढेर दुई लाख ५८ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि बिहीबार सुन प्रतितोला दुई लाख ५० हजार ९ सयमा कारोबार भएको थियो। यस्तै, चाँदी प्रतितोला ३ हजार ३ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस अघि हिजो चाँदी प्रतितोला ३ हजार २ सय ७५ मा कारोबार भएको थियो ।