कलैया, ०६ पुस । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य सामान्य घटेको छ ।
आज सुन तोलामा एक सय रुपैयाँले घटेर २ लाख ५८ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन २ लाख ५८ हजार ४ सय रुपैयाँ थियो ।
चाँदी आज प्रतितोला १ सय रुपैयाँले बढेर ४ हजार १ सय ५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी ४ हजार ५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





