Wednesday, June 3, 2026

तीन दिन भित्र महेन्द्र राजमार्ग क्षेत्रका अतिक्रमण हटाउन वन कार्यालय बाराको सूचना

spot_img

बारा, ९ वैशाख । डिभिजन वन कार्यालय, बाराले महेन्द्र राजमार्ग अन्तर्गत पथलैया–अमलेखगञ्ज–चुरियामाई मन्दिरसम्मको क्षेत्रमा पर्ने वन अतिक्रमण हटाउन ३ दिने सूचना जारी गरेको छ।

वन कार्यालयले वन ऐन २०७६ को दफा ४९(ग) विपरीत वन क्षेत्रभित्र अनाधिकृत रूपमा घरटहरा निर्माण गरी बसोबास तथा व्यवसाय सञ्चालन भइरहेको उल्लेख गर्दै त्यस्ता संरचना ३ दिनभित्र हटाउन निर्देशन दिएको हो।

सूचनाअनुसार तोकिएको समयभित्र अतिक्रमण खाली नगरेमा प्रचलित कानुन बमोजिम जबर्जस्ती हटाइने, सो क्रममा लागेको खर्च र वन ऎन २०७६ ले तोके अनुसारको सजाय दुबै हुन सक्ने जनाइएको छ।

उक्त अतिक्रमित क्षेत्रको चारकिल्ला पूर्वमा वन क्षेत्र र दुधौरा नदी, पश्चिममा पर्सा राष्ट्रिय निकुञ्ज, उत्तरमा चुरियामाई मन्दिर र दक्षिणमा पथलैया चोक रहेको जनाइएको छ।

डिभिजन वन कार्यालय बाराका निमित्त डिभिजनल वन अधिकृतद्वारा जारी सूचनामा सबै सम्बन्धितलाई समयमै अतिक्रमण हटाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर