Saturday, August 8, 2026

सिमरा सेजमा उद्योगद्वारा उत्पादन सुरु

बारा, २३ वैशाख । बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योगहरूले व्यावसायिक उत्पादन सुरु गरेका छन्।

सरकारको सेज अवधारणा अनुरूप हालसम्म ६ वटा उद्योगहरू सञ्चालनमा आइसकेका छन् भने एक दर्जनभन्दा बढी उद्योगहरू निर्माणाधीन अवस्थामा रहेका छन्।

सञ्चालनमा रहेका उद्योगहरूमा पशुपति सेरामिक्स, ब्रिलियन सु, बालाजी म्यानुफ्याक्चिरिङ, नेपाल एग्रो टुल्स, एसीएम भेहिकल्स र बायोकल्प नेपाल रहेका छन्। उक्त उद्योगहरूले सेरामिक्स, जुत्ता-चप्पल, कृषि औजार जस्ता वस्तुहरू उत्पादन गरिरहेको विशेष आर्थिक क्षेत्र प्राधिकरणले जनाएको छ । संचालनमा रहेका उद्योगमा करिब ७०० जनाले रोजगारी पाएका छन्।

प्राधिकरणका अनुसार कुल ८३३ बिघामध्ये अहिले ए ब्लकको ३४३ बिघा क्षेत्रमा गतिविधि केन्द्रित छ।उद्योगीहरूले दुई करोडदेखि दुई सय करोडसम्म लगानी गरेका छन्। न्यून भाडा दरको सुविधाका कारण उद्योगीहरूको आकर्षण बढेको छ।

हाल नेपोभिट सेरामिक्स, हुलास केबल र विभिन्न मसला उद्योगहरू निर्माणको अन्तिम चरणमा छन्। सेजका अन्य ब्लकहरू बी’ देखि ई लाई पनि क्रमश विस्तार गर्दै लैजाने प्राधिकरणको योजना रहेको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर