Wednesday, November 11, 2026

आज भाइटीका, टीका लगाउने उत्तम साइत बिहान ११:०७ बजे

Advertisement
Advertisement

बारा, २५ कात्तिक । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ।

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने यस पर्वलाई यमद्वितीया पनि भनिन्छ। आजको दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै परम्परा अनुसार सप्तरंगी टीका लगाइदिने चलन छ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि उनीहरूलाई टीका तथा उपहार प्रदान गर्ने परम्परा छ। धार्मिक मान्यता अनुसार दिदीबहिनीको पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुन्छ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज दिनभर नै टीका लगाउन सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११:०७ बजेको समय सबैभन्दा उत्तम रहेको छ। साधारणतया सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै बाधा नरहे पनि राज्य सञ्चालकहरूले भने तोकिएको साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर