21 C
Kalaiya

Friday, October 31, 2025
spot_img
21 C
Kalaiya
Friday, October 31, 2025

परराष्ट्र मन्त्रालयले भन्यो- बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित छन्

spot_img
spot_img

काठमाडौँ,४ साउन ।  सरकारले बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित रहेको जानकारी दिएको छ ।

Advertisement

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको उल्लेख गर्दै नेपाली विद्यार्थीहरु सुरक्षित रहेको उल्लेख गरेको छ ।

Advertisement

मन्त्रालयले ढाकास्थित दुताबासको नम्बर जारी गर्दै आवश्यक परेमा कुनै पनि समयमा यी नम्बरमा सम्पर्क गर्न सकिने उल्लेख गरेको छ ।

Advertisement

मन्त्रालयले भनेको छ-

बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ । हालसम्म सम्बन्धित विश्वविद्यालय, कलेज तथा ढाकास्थित नेपाली राजदूतावास समेतको सहयोग र समन्वयमा नेपाली विद्यार्थीहरू सुरक्षित रहेको तथा उहाँहरूको थप सहजताका लागि निरन्तर प्रयत्न भइरहेको छ ।

तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उहाँहरूका अभिभावक एवं आफन्तहरूले ढाकास्थित नेपाली राजदूतावासको देहायको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सक्नुहुनेछः

योजना बम्जन, द्वितीय सचिवः +८८०१८८०६९१०१३
रिया क्षेत्रीः +८८०१७४५४०७९५८

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!