Thursday, August 6, 2026

गढिमाई मेलाको व्यवस्थापनको लागि मधेस सरकारले ५० लाख सहयोग गर्ने

वीरगन्ज,०८ असोज । मधेस प्रदेश सरकारले बाराको विश्वप्रसिद्ध गढिमाई मेलाको व्यस्थापनका लागि ५० लाख‌ रुपैयाँ सहयोग गर्ने भएको छ।

महागढीमाई नगरपालिकाले आयोजना गरेको पञ्चवर्षीय गढिमाई मेला २०८१ भव्य र सभ्य रुपले व्यवस्थापन तथा संचालन गर्ने सम्बन्धी सल्लाह र सुझाव संकलन कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेस सरकारले मेला व्यस्थापनको लागि ५० लाख सहयोग गर्ने बताउनुभयो।

यस्तै उनले उक्त रकम व्यावस्थापनको लागि मात्र छुट्याएको र थप ४ वटा डिप बोरिङ,टावर लाइट जडान गर्न, स्वास्थ्य सेवा दिन तथा अन्य कार्यको लागि पनि रकम छुट्याइएको बताउनुभयो। विश्वमै प्रसिद्ध रहेको एवम् मधेस प्रदेशको एउटा महत्त्वपूर्ण शक्तिपिठको रुपमा यस मन्दिरको विकासका लागि संरक्षणको लागि सरकार सदैव तत्पर रहेको उनले बताए।

सर्वाधिक बली दिइने मेलाको रुपमा रहेको पञ्चवर्षीय गढिमाई मेलामा अघिल्ला सरकारले सहयोग नगरेपनि यसवर्ष मधेस सरकारले सहयोग र व्यावस्थापन गर्ने उनले बताए।

महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह प्रमुख अतिथिको रुपमा उपस्थित थिए।

यस्तै उक्त कार्यक्रममा मधेस प्रदेशका अर्थ मन्त्री सुनिल कुमार यादव,पर्यटन मन्त्री सकिल मियाँ,बारा निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान),प्रतिनिधि सभा सदस्य अमरावती देवी,बारा जिल्लाको विभिन्न क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्यहरुको उपस्थिति रहेको थियोे।

यस्तै कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे,जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख महेन्द्र खड्का,ज्वाला गण दलका प्रमुख,शसस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक,बाराको १६ वटै स्थानिय तहका प्रमुख,उपप्रमुख,वडा अध्यक्ष,विभिन्न पार्टीका प्रतिनिधिहरू,भद्रभलादमी तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियोे।

कार्यक्रममा स्वागत मन्तब्य महागढीमाई नगरपालिकाकी नगर उपप्रमुख तारा देवी कानुले राख्नुभएको थियोे भने कार्यक्रमको तथा मेलाको तयारी र‌ व्यवस्थापन सम्बन्धी जानकारी मेयर उपेन्द्र यादवले दिएका थिए। यस्तै कार्यक्रमको सञ्चालन एवम् उद्घोषण संचारकर्मी लक्ष्मी खरेलले गरेकी थिइन्।

गढिमाईको मेला असोज १७ गतेदेखि सुरु हुने छ। भने ५१ दिनसम्म महायज्ञ गरिने छ। हरेक ५ वर्षमा लाग्ने गढिमाई मेलालाई बाराको मुख्य चिनारीको रुपमा लिइन्छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर