15 C
Kalaiya

Thursday, December 11, 2025
spot_img
15 C
Kalaiya
Thursday, December 11, 2025

बन टोलीद्रारा समिलमा छापामारी,चार थान काठ सहित दुई जना पक्राउ

spot_img
spot_img

जीतपुर, ५ चैत्र । बाराको कलैया उपमहानगरपालिका वडा नं. १६ मझौलिया स्थित एक स मिलमा आईतबार राति बन टोलीले छापामारी गर्दै अवैध काठ सहित दुई जनालाई पक्राउ गरेको छ।

Advertisement

विशेष सूचनाका आधारमा भएको यो छापामारीमा २४ क्युफिट गोलीया काठ बरामद गरिएको डिभिजन बन कार्यालय बाराले जनाएको छ । डिभिजन बन कार्यालयका डिभिजनल बन अधिकृत राजीव कुमार झाले दिनुभएको जानकारी अनुसार प्रदेश ०३–००२ स १४१ नम्बरको मयुरीमा चार थान काठ लोड गरी स मिलसम्म पु-याइएको थियो।

Advertisement

कलैया सब डिभिजन बन कार्यालयका प्रमुख साहयक बन अधिकृत हरिशंकर साहको नेतृत्वमा गएको बन गस्ती टोलीले छापामारी गर्दै स मिल सञ्चालक र मयुरी चालकलाई नियन्त्रणमा लिएको उनले बताए । पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका वडा नं.१६ बकुलहर निवासी स मिल सञ्चालक ४४ वर्षीय नरेश सहनी र मयुरी चालक २८ वर्षीय सुशील सहनी रहेका छन् ।

Advertisement

डिभिजन बन कार्यालय बारा सिमरा र सब–डिभिजन बन कार्यालय, कलैयाबाट परिचालित बन गस्ती टोलीले यो छापामारी अभियान सञ्चालन गरेको थियो । पक्राउ परेका दुबै जनामाथि आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको डिभिजन बन कार्यालय बाराले जनाएको छ ।

पक्राउ परेकाहरुलाई अदालतबाट म्याद थप गराई डिभिजन बन कार्यालयको थुनुवा कक्षमा राखिएको डिभिजन बन कार्यालय बाराका कमाण्डर जमदार नागेन्द्र बैठाले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर