28.2 C
Kalaiya

Tuesday, August 26, 2025
spot_img
28.2 C
Kalaiya
Tuesday, August 26, 2025

१९ वर्षीय राहुल साहको हत्या, ६ जना पक्राउ

spot_img
spot_img
spot_img

काठमाडौं । सर्लाही जिल्ला, चक्रघट्टा गाउँपालिका-८ का १९ वर्षीय राहुल साहको हत्या आरोपमा ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नमा सर्लाही, चक्रघट्टा गाउँपालिका-१ का निपु मण्डल (२२ वर्ष), गोकर्णेश्वर नगरपालिका-६ का विजय यादव (१८ वर्ष), गोकर्णेश्वर नगरपालिका-६ का करन कुमार महतो (१८ वर्ष), गोकर्णेश्वर नगरपालिका-५ का जोधन मण्डल (२३ वर्ष), गोकर्णेश्वर नगरपालिका-१ का उत्तम मण्डल (४५ वर्ष) र भारत बिहारका सुनिल शर्मा (२९ वर्ष) रहेका छन्।

Advertisement

२०८१ चैत ११ गतेदेखि हराएका साहको शव गाडेको अवस्थामा फेला परेको थियो। काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ बाहुनधारामा उनको शव चैत १५ गते  माकलबारीको आरके मोटरसाइकल वर्कसपको पछाडि गाडिएको अवस्थामा फेला परेको थियो।

Advertisement

प्रारम्भिक अनुसन्धानमा लेनदेनको विवादका कारण हत्या भएको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।पक्राउ परेका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

सम्बन्धित खबर

ताजाखबर