Sunday, September 27, 2026

परीक्षा बोर्डले भन्यो- कक्षा १२ को परीक्षा स्थगित गरिएको छैन

Advertisement
Advertisement

कलैया, ०५ वैशाख। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा तालिका हालसम्म स्थगित नभएको जनाएको छ। सामाजिक सञ्जालमा कक्षा-१२ को परीक्षा स्थगित भएको भन्दै प्रचारप्रसार भए पछि बोर्डले विज्ञप्ति जारी गर्दै स्थगित नभएको जनाएको हो।

Impact-Site-Verification: 5da7fffb-77fd-47ba-8fb7-5a1d396fef79

बोर्डले बोर्डको लेटरप्याडमा अध्यक्षको स्क्यान गरी हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइबर कानुनअनुसार आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको समेत जनाएको छ। बोर्डका अनुसार निर्धारित समयमै कक्षा १२ को परिक्षा हुने छ।

“वैशाख ११ गतेबाट संचालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थी वर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक संजालमा सम्प्रेषण गरिएकोप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ, बोर्डको आधिकारिक वेबसाइटबाहेक अन्यत्रको समाचार तथा सूचनामा विश्वास नगरी परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिन हुन सम्पूर्ण विद्यार्थीहरूमा अनुरोध छ, सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य हुन अभिभावक, शिक्षक एवं प्रधानाध्यापकज्यूहरूमा राष्ट्रिय परीक्षा बोर्ड हार्दिक अपिल गर्दछ । ” बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर