Friday, September 11, 2026

विश्वको सबैभन्दा अग्लो रेलवे पुलको मोदीद्वारा उद्घाटन

Advertisement
Advertisement Advertisement

काठमाडौं, २३ जेठ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मिरमा विश्वको सबैभन्दा अग्लो रेलवे पुल चिनाब पुलको उद्घाटन गरेका छन् ।

२० वर्ष लगाएर बनेको विश्वको सबैभन्दा अग्लो रेलवे पुल चिनाब नदीभन्दा ३५९ मिटर (लगभग १,१८० फिट) माथि छ । जुन इफेल टावरको टुप्पोभन्दा २९ मिटर (९५ फिटभन्दा बढी) अग्लो छ ।

उक्त पुललाई नयाँ दिल्लीले ‘संसारको सबैभन्दा अग्लो रेलवे आर्क पुल’ भनेको छ । भने गिनिज वर्ल्ड रेकर्डले यो पुलले चीनको नजीहे रेलवे पुललाई उछिनेको पुष्टि गरेको छ ।

उक्त पुल २७२ किलोमिटर (१६९ माइल) लामो उधमपुर–श्रीनगर–बारामुल्ला रेलवे, ३६ सुरुङ र नौ सय ४३ पुलसहित, ‘क्षेत्रीय गतिशीलता रूपान्तरण र सामाजिक–आर्थिक एकीकरणलाई बढावा दिन बनाइएको छ ।

यो पुलले मानिस, सामान र सेनाको आवागमन सहज बनाउनेछ, जुन पहिले दुर्गम पहाडी सडक र हवाई मार्गबाट मात्र सम्भव थियो । यो रेलवे लाइनले हिन्दू बहुल जम्मूको कटरा सहर र मुस्लिम बहुल कश्मीरको श्रीनगरबीचको यात्रा समयलाई आधाले घटाएर करिब तीन घन्टामा पुर्‍याउने अपेक्षा छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर