Thursday, July 23, 2026

कलैयामा दोस्रो बारा भेट्रान्स फुटबल प्रतियोगिता जेठ २७ गतेबाट हुने

कलैया,२४ जेठ  : कलैया फुटबल क्लवको आयोजनामा दोस्रो बारा भेट्रान्स फुटबल प्रतियोगिता जेठ २७ गतेबाट बाराको सदरमुकाम कलैयामा हुने भएको छ।

बाराको कलैयास्थित कलैया फुटबल क्लबको सचिवालयमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी यसबारे जानकारी दिइएको हो। दोस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८२ जेठ २७ गतेदेखी २०८२ असार ०३ सम्म सिद्धेश्वर खेल परिसरमा हुने भएको हो।

सो प्रतियोगितामा कलैया फुटबल क्लब रातो,कर्जन्हा भेट्रान सिरहा,कमलडाडा एफ.सि हेटौंडा,एन.एफ.सि निजगढ,आरम्भ भेट्रान बिरगंज,कलैया फुटबल क्लब निलो,पटना सिटी भेट्रान क्लब भारत र वीरगंज सिटी क्लब वीरगंज लगायत ८ वटा टिम सहभागी रहेको जनाइएको छ।

सो प्रतियोगितामा पहिलो बिजेतालाई ५१ हजार,दोस्रो २५ हजार ५०१ रहेको छ । प्रत्येक दिन मैन अफ द मैच, प्रतियोगितामा बेस्ट गोल किपर,बेस्ट डिफेन्स,बेस्ट मिड फिल्डर,बेस्ट स्टाइकर,हाइ स्कोरर बेस्ट कोच,मेन अफ दि सिरिज दिइने क्लबका अध्यक्ष अजयकुमार साह जानकारी दिए ।

सो प्रतियोगिताको कुल लागत १२ लाख ४५ हजार ५ सय १ रुपैयाँ रहेको उनले बताए ।

उक्त पत्रकार सम्मेलनमा खेलकुद विकास एवम् संरक्षण समिति कलैयाका अध्यक्ष अनिल पाण्डे,रमेश साह कानु,रियाजुल ईस्लाम,संदिप कुमार गुप्ता,अजय सरार्फ,बिनोद तुलाधार,प्रमोद गिरी,दिपलाल साह र सञ्चारकर्मीहरु लगायतको उपस्तिथि रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर