33 C
Kalaiya

Monday, June 9, 2025
33 C
Kalaiya
Monday, June 9, 2025

spot_img

बाराको ३ फरक-फरक ठाउँमा आगलागी हुदाँ लाखौंको क्षति

spot_img
spot_img
spot_img
Advertisement

कलैया, २५ जेठ। बाराको ३ फरक-फरक ठाउँमा आगलागी हुदाँ लाखौंको क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुलेटिन जारी गर्दै जेठ २३ र २४ गते भएको आगलागीमा ७ लाखभन्दा बढीको क्षति भएको जनाएको हो।

Advertisement
Advertisement

जिल्लाको प्रसौनी गाउँपालिकाको वडा नं ७ बन्जरियामा एउटा गोठमा आगलागी हुदाँ काठ दाउरा गरी १ लाख ५० हजार रूपैयाँ बराबरको क्षति भएको हो। यस्तै प्रसौनी कै वडा नं ६ बेलहिया स्थित एउटा घरमा छेउमा राखिएको खरानीबाट आगो सल्किएर ३ वटा गोठघर जली साइकल, काठ गरी ३ लाख ५० हजार रूपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।

Advertisement

यस्तै बाराको सिम्रौनगढ नगरपालिका वडा नं ९ बसबरियामा एउटा गोठमा किरा धपाउन बालेको आगोबाट आगलागी हुदाँ ४ वटा बाख्रा, ४ वटा कुखुरा, एउटा साइकल, काठ गरी २ लाख ३० हजार रूपैयाँ बराबरको क्षति भएको हो।

आगलागीमा कुनै मानविय क्षति नभएको र आगलागीलाई स्थानिय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको प्राधिकरणले जनाएको छ।

बुलेटिन

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर