33.5 C
Kalaiya

Monday, June 9, 2025
33.5 C
Kalaiya
Monday, June 9, 2025

spot_img

स्कटल्याण्डसँग नेपाल २ रनले पराजित

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौँ,२५ जेठ । स्कटल्याण्डले नेपाललाई २ रनले पराजित गरेको छ । आइसीसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्गतको खेलमा स्कटल्याण्डले दिएको ३२४ रनको लक्ष्य पछाएको नेपालले ५० ओभरमा अल आउट हुदै ३२१ रन बनाएको हो ।

Advertisement
Advertisement

नेपालका लागि भीम सार्कीले सर्बाधिक ७३ रन बनाएका थिए भने सोमपाल कामीले ६७, दिपेन्द्र सिंह ऐरीले ५६ र आरिफ सेखले ३९ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले १७, गुलशन झाले ११, करण केसीले अविजित  बनाएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउदै ३२३ रन बनाएको थियो ।

Advertisement

स्कटल्याण्डका लागि कप्तान रिची बेरिङ्टनले १०२ रनको शतक पारी खेलेका थिए । त्यस्तै माइकल लिस्कले अविजित ९६ रन बनाएका थिए । त्यस्तै चार्ली टियरले ६८ रन र मार्क वाटले अविजित २१ रन बनाएका थिए । नेपाली बलर करण केसी र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट लिएका थिए भने ललित राजबंशीले एक विकेट लिएका थिए ।

यो जितपछि स्कटल्याण्डको लिग- २ मा तेस्रो स्थानमा उक्लिएको छ । स्कटल्याण्डको १९ खेलमा २४ अंक भएको छ । त्यस्तै नेपालको १५ खेलमा १० अंक रहेको छ र नेपाल सातौं स्थानमा रहेको छ ।

सिरिज अन्तर्गत अब अर्को खेल मंगलबार नेपाल र नेदरल्याण्डसबीच हुने छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर