30.2 C
Kalaiya

Thursday, October 16, 2025
spot_img
30.2 C
Kalaiya
Thursday, October 16, 2025

वीरगन्जका २ जनाले गरे नेत्रदान, मानवसेवा र समाजिक उत्तरदायीत्वको उदाहरण प्रस्तुत

spot_img
spot_img

वीरगन्ज, २७ जेठ। मानवताको अतुलनीय सेवा स्वरूप पर्साको वीरगन्ज निवासी ९९ वर्षीय मांगी देवी बैधले आफ्नो जीवनको अन्तिम समयमा स्वेच्छाले परमार्थका लागि सोमबार नेत्रदान (आँखा दान) गरेकी छन्।

Advertisement

मांगी देवीको जीवन यात्रा समाप्त भएपनि उनको दान गरिएको आँखाबाट संसारलाई दृष्टि प्राप्त हुने छ, जसले मानवसेवा र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

Advertisement

यसै क्रममा, समाजसेवी मुकेश खेतानका ८० वर्षे पिता कैलाश चंद्र खेतानले पनि स्वेच्छाले नेत्रदान गर्दै मानवीय सेवा दिएको उदाहरण दिएका छन्।

Advertisement

भर्खर नै तेरापंथ युवा परिषद र बीरगंज महानगरपालिकाको संयुक्त प्रयासमा नेत्रदान अभियान शुभारम्भ गरिएको छ, जसलाई मानवता प्रेमीहरूले सफल पार्दै आइरहेका छन्।

अहिलेको तथ्यांकअनुसार, छिमेकी देश भारतमा वार्षिक लगभग २.५ लाख आँखा प्रत्यारोपण आवश्यक भएपनि जनचेतना कम, आँखा बैंकको अपर्याप्तता, गुणस्तरीय कोर्नियाको अभाव र न्यून सहमतिका कारण करिब १ लाख मात्र आँखा प्रत्यारोपण सम्पन्न हुन भईरहेको छ। जसले नेत्रदान र आँखा प्रत्यारोपणमा जनचेतना अभिवृद्धि र स्रोतहरूको विस्तार आवश्यक रहेको देखाउँछ।

यो अभियानले स्थानीय समाजमा पनि नेत्रदानको महत्व र मानवताको संदेश प्रवाह गर्ने विश्वास गरिन्छ, जसले धेरै जीवनमा उज्यालो ल्याउनेछ।

नेत्रदान कार्यक्रम बैधको पुत्र तथा समाजसेवी बिनोद बैध, लायन्स क्लब बीरगंज सेन्ट्रलकी अध्यक्ष रेखा बैध र सम्पूर्ण परिवारको सहमतिमा केडिया आँखा अस्पतालको प्राविधिक टोली तथा तेरापंथ युवा परिषदको सहकार्यमा नेत्र संकलनको पुनीत कार्य सम्पन्न भएको हो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर