Sunday, September 27, 2026

कलैयामा सूचना तथा सञ्चार प्राविधिक सुरक्षा सम्बन्धी कार्यक्रम सम्पन्न

Advertisement
Advertisement

कलैया,२८ जेठ : कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) बारा शाखाको आयोजनामा तथा कलैया उपमहानगरपालिकाको सहकार्यमा सूचना तथा सञ्चार प्राविधिक सुरक्षा तथा विश्वास अभिवृद्धि सम्बन्धी चार चरणको तालिम कार्यक्रम सम्पन्न भएको छ।

सो कार्यक्रममा डाटा सुरक्षा, साइबर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग लगायत विषयमा क्यान महासंघका केन्द्रीय उपाध्यक्ष सुभाष खड्काले प्रशिक्षण दिएका थिए।

तालिम जेठ २० देखि २८ गतेसम्म जनप्रतिनिधि, विद्यार्थी र कर्मचारीहरूलाई लक्षित गरी चार चरणमा सञ्चालन गरिएको थियो।

क्यान बारा अध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कलैया उपमहानगरपालिका का नगर प्रमुख बिनोद साह,प्रमुख प्रशासकीय अधिकृत नाथु साह,वडा नम्बर ५ का वडा अध्यक्ष किसुन राउत अहिर,शिक्षा,युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत राजिव यादव,क्यान मधेस प्रदेश अध्यक्ष गणेश शर्मा,उपमहानगरपालिका का कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर