Thursday, July 23, 2026

वीरगन्ज स्थित ड्राइपोर्ट रोडमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु १ जना घाइते

वीरगन्ज, ३० जेठ। पर्साको वीरगन्ज महानगरपालिका वडा नं २२ ड्राइपोर्ट सडक खण्ड स्थित सिताराम चौकमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन्।

भुसा लोड गरी बिग्री राखेको एच आर ५५ के ३९७१ नम्बरको भारतिय ट्रकमा पछाडिबाट सिर्सियाबाट ड्राइपोर्टतर्फ जादै गरेको बा प्रदेश ०३-००४ प ८६१२ नम्बरको मोटरसाइकले ठक्कर दिँदा आज शुक्रबार मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा पर्साको छिपहरमाई गाउँपालिका वडा नं ३ झलमैया बस्ने राम शरण यादवको छोरा २३ वर्षिय रामाकान्त यादव र त्यहिँ बस्ने सुसराम यादवको छोरा २३ वर्षिय बिजय यादवको आज बिहान मृत्यु भएको हो। घाइते हुनेमा त्यहिका मनिका राउत अहिरको छोरा २२ वर्षिय बिजय कुमार यादव रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि वीरगन्ज स्थित नारायणी अस्पतालमा लगिएकोमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिए।

घाइते बिजयको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ भने उनको अवस्था पनि गम्भीर रहेको पर्सा प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त सवारी साधनहरु दुर्घटनास्थलमै छन् भने थप अनुसन्धान भैरहेको छ।

 

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर