Friday, June 5, 2026

बारामा राष्ट्रिय परिचयपत्र वितरणको समय परिवर्तन

spot_img

कलैया,३० जेठ : जिल्ला प्रशासन कार्यालय बाराले असार १ गतेदेखि लागू हुने गरी राष्ट्रिय परिचयपत्र वितरणको समय परिवर्तन गरेको छ।

सेवाग्राहीको अत्यधिक चापका कारण राष्ट्रिय परिचयपत्र बिहान ७:३० देखि साँझ ७:०० बजेसम्म सेवा दिइँदै आएकोमा अब बिहान १०:०० देखि साँझ ५:०० बजेसम्म मात्र सेवा प्रदान गरिने भएको हो।

असार ०१ गते आइतबारदेखि सार्वजनिक बिदाबाहेक हरेक दिन यही समय अनुसार सेवा प्रवाह हुने बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिएका छन् ।

स्थगित गरिएको राष्ट्रिय परिचयपत्रको कार्ड वितरण कार्य प्रत्येक दिन हुने उनले जनाए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर