Friday, June 5, 2026

बारा निर्माण व्यवसायी संघको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा साह कलवार निर्वाचित

spot_img

कलैया,३१ जेठ । बारा निर्माण व्यवसायी संघको आठौं अधिवेशन तथा साधारण सभा कलैयामा सम्पन्न भएको छ ।

बाराको कलैयावस्थित कानु समाज कल्याण बाराको सभा हलमा शुक्रबार एक कार्यक्रम बिच आठौं अधिवेशन तथा साधारण सभा सम्पन्न भएको हो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् कलैया उपमहानगरपालिकाको नगर प्रमुख विनोद प्रसाद साहले निर्माण व्यवसायी विकासको काममा ईमानदारी राख्नु पर्यो बताएका छन।

निर्माण कार्यको लागी ठेक्का निकालने बेला बढी घटाघट गरी सरकार र काम गराउने ढिलाइ र कमसल गराउनमा लागि रहने त्यो नगर्ने मेयर साह जानकारी गराएका छन।

संघको अध्यक्ष सुरेन्द्र प्रसाद जयसवालको सभापतित्वमा भएको कार्यक्रममा मधेश प्रदेश निर्माण व्यवसायी संघको अध्यक्ष सुरेन्द्र चौधरी, महासचिव उपेन्द्र प्रसाद चौधरी,जिल्लाका पुर्व सचिव धिरेन्द्र जैसवाल,जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी,बारा प्रहरीका प्रवक्ता एवम् नयव प्रहरी उपरिक्षक विजयराज पाण्डे सहित निर्माण व्यवसायी संघ सदस्य सहभागिता रहेको थियो।

यसैविच संघको शुक्रवार नै सम्पन्न जिल्ला अधिवेशनको बन्द सत्रले शेषनाथ साह तेलीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति सर्वसहमती बाट चयन भएको छ ।

समितिको उपाध्यक्षमा रामप्रसाद ,सचिवमा सुरेन्द्र प्रसाद कुशवाहा ,सह–सचिवमा एनुल हक मंसुर , कोषाध्यक्षमा सतिष कुमार जयसवाल सर्वसहमतमा चयन भएका छन् ।

त्यस्तै समितिको सदस्यमा रामप्रवेश प्रसाद जयसवाल,रामबाबु प्रसाद कुशवाहा,गायत्री देवी ,लालबाबु प्रसाद तेली , जितेन्द्र प्रसाद,मिरा कुमारी जयसवाल,दिनेश प्रसाद र प्रभु प्रसाद जयसवाल सर्वसहमतीबाट चयन भएका निर्वाचन अधिकृत अधिवक्ता विनोद साह जानकारी गराएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर