Sunday, September 27, 2026

कलैयामा मानवता झल्किने सेवा : सर्वत तथा चिसो पानी निःशुल्क वितरण

Advertisement
Advertisement

कलैया,०३ असार । कलैयामा संस्थागत सामाजिक उत्तरदायित्व सिएसआर अन्तर्गत महालक्ष्मी विकास बैंकले निःशुल्क सर्वत तथा चिसो पानी वितरण कार्यक्रम सोमबारदेखि सुरु गरेको छ।

बाराको सदरमुकाम कलैया बजारस्थित महालक्ष्मी विकास बैंक कलैया शाखाको कार्यालय अगाडि संचालन गरिएको अभियानमा एक हप्तासम्म सर्वसाधारणका लागि निःशुल्क चिसो पानी र सर्वत वितरण गरिने भएको हो ।

गर्मीबाट राहत दिलाउन तथा बजार क्षेत्रमा हिँडडुल गर्नसमेत नागरिकलाई कठिनाइ भएको अवस्थामा उक्त कार्यक्रम संचालन गरिएको छ । हजारौं सर्वसाधारणले सेवाबाट लाभ लिएको आयोजकले जनाएको छ।

सो कार्यक्रममा बैंकका सेक्युरिटी गार्ड लालबाबु पटेल,भूपेन्द्र चौधरी र इन्दु चौधरीको विशेष सहयोग रहेको थियो।

उक्त कार्यक्रममा महालक्ष्मी विकास बैंक कलैया शाखाका प्रबन्धक अरुण कुमार यादव,कर्जा प्रमुख विपिन चौधरी,अपरेसन इन्चार्ज सबिन सिग्देल,लोन विभागका मनोज गुप्ता,शेष साह,मनिता साह,अन्य कर्मचारी तथा सेवाग्राहीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर