Sunday, September 27, 2026

करैयामाई गाउँपालिकाको ४३ करोड ७२ लाखको बजेट सार्वजनिक

Advertisement
Advertisement

कलैया,०४ असार । बाराको करैयामाई गाउँपालिकाले बुधबार आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४३ करोड ७२ लाख ९८ हजार ९ सय २२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

गाउँपालिकाको १७ औँ गाउँसभाबाट अध्यक्ष शम्भु प्रसाद यादवले प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक सुरक्षा, संस्कृति र खेलकुदलाई प्राथमिकता दिइएको छ।

संघीय सरकारबाट समानिकरण अनुदान ९ करोड ७४ लाख,सशर्त अनुदान चालु १५ करोड ९८ लाख,सशर्त अनुदान पूंजिगत ७३ लाख,विषेश अनुदानमा पूंजिगत ७८ लाख,समपुरक अनुदान २ करोड ८८ लाख रुपैयाँ प्राप्त गर्ने उल्लेख गरिएको छ ।

प्रदेश सरकारबाट समानिकरण अनुदान ६७ लाख ९२ हजार,सशर्त अनुदान ८० लाख,विषेश अनुदान ३० लाख समपुरक अनुदान २० लाख र सवारी साधन राजस्व बाँडफाड ४८ लाख रुपैयाँ बराबरको अनुदान प्राप्त हुने छ । त्यस्तै गाउँपालिकाको आन्तरिक श्रोतहरुबाट ६५ लाख ९५ हजार ३ सय रुपैयाँ,मालपोत रोयल्टी ३० लाख रुपैयाँ बराबर जुटाउने जनाएको छ ।

‘सुशासनयुक्त सक्षम एवं सबल स्थानीय सरकार, पूर्वाधार निर्माण, कृषि, पर्यटन र सशक्तिकरण करैयामाईको आधार’ भन्ने नारासहित बजेट सार्वजनिक गरिएको हो।

उक्त गाउँसभामा उपाध्यक्ष सुनैना कुमारी चौधरी, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू लगायतको उपस्थिति रहेको थियो।

सो कार्यक्रमको स्वागत प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र महतोले गरेका थिए भने सञ्चालन नासु वीरेन्द्रबहादुर वाइवालेद्वारा गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर