13.9 C
Kalaiya

Monday, December 8, 2025
spot_img
13.9 C
Kalaiya
Monday, December 8, 2025

बारामा ८ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा एक जना पुर्पक्षको लागि जेल चलान

spot_img
spot_img

कलैया, ६ असार । बारामा ८ वर्षीया बालिकालाई जर्बजस्तिकरणी गरेको अभियोगमा जिल्ला अदालत बाराले पुर्पक्षको लागि एक जनालाई जेल चलान गर्ने आदेश दिएको छ।

Advertisement

अदालतको आदेशले ७ जना मध्ये एक जना जेल चलान संगै ३ जनालाई बाल सुधार गृहमा पठाइएको र ३ जनालाई अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवंम् प्रहरी उपरीक्षक सन्तोष तामाङ्गले शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएका हुन् ।

Advertisement

जेल चलान हुनेमा बाराको प्रसौनी गाउँपालीका वडा नं.६ बस्ने बर्ष १९ को संदिप कुमार यादव रहेका छन्। करणी घटनामा संलग्न छ जना नाबालिक रहेका छन्। जेठ १३ गते राती बाराको प्रसौनी गाउँपालिका वडा नं.६ स्थित रामआशिष साहको मकै बारीमा आठ वर्षीया बालिकालाई सामुहिक जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले सात जनालाई पक्राउ गरेको थियो।

Advertisement

उनीहरुलाई अनुसन्धानको क्रममा वारदातमा संलग्न रहेको पाइएको थियो। कानूनको विबादमा परेका बालकहरुलाई पक्राउ गरी अनुसन्धान कार्य पुरा गरि प्रहरीले बारा जिल्ला अदालतमा मिसिल पेश गरेको थियो। सोही मिसिलको आधारमा अदालतले आदेश दिएको हो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर